
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको विधायिकी काममा राजनीतिक दलरुले योग्यता प्रस्तुत गर्न नसकेको बताउनुभएको छ ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले रजनीतिक दल र संसदले प्रधानमन्त्री र सरकार बनाउन जति क्षमता विधायिकी कर्ममा राख्न नसकेको बताउनुभयो । संसदमा सांसदहरुले प्रश्तुत हुने शैलीका कारण जनताको संसदप्रतिको भरोसामा असर परेको समेत उहाँले बताउनुभयो ।
महामन्त्री शर्माले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पाि टुंगोमा नपुग्नुमा नयाँ पुराना सबै दोषी रहेको उहाँको भनाइ छ । उहाँले संसदको चालु अधिवेशनबाट अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक लगायतका विधेयकरुलाई यो टुंग्याएर संसदको प्रधान दायित्वलाई निभाउनुपर्ने बताउनुभयो ।
सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा उठेका प्रश्नहरुको बारेमा संसदभित्र र संसदबाहिर संवाद गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्