१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गरौं : सिके राउत


468
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले अहिले भएका कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गर्न जरुरी रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राउतले सबैतिरबाट घेरा हालेर दुई वटा दललाई मात्रै राख्ने गरी काम अघि बढाइरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सामाजिक सञ्जाल विधेयकबाट जनताका आवाज थुन्ने काम भएको बताउनुभयो । उहाँले नौलो गणतन्त्रका लागि संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष राउतले एक सय वर्षमा नेपालमा बन्न नसकेको सडक ६ वर्षमा त्यो भन्दा बढी बनेको बताउनुभयो ।