
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताउनुभयो । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाउनुभयो । उहाँले पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताउनुभयो । उहाँले शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गर्नुभयो । ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताउनुभयो । उहाँले संविधान संशोधनको सैद्धान्तिक जामा पहि¥याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाउनुभयो ।
अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाउनुभयो । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्