
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । व्यापारको सन्दर्भमा अमेरिकाका सबैभन्दा ठूला साझेदार रहेकोमा ट्रम्पको यो घोषणाले यी दुई राष्ट्रहरु मारमा पर्ने भएका हुन् ।
अमेरिकालाई आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानाडा हो । ट्रम्पको यो कदमले सबैभन्दा बढी क्यानडा मारमा पर्नेछ । आफ्नो पहिलो कार्यकालमा डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघ इयुबाट स्टील आयातमा २५ प्रतिशत र आल्मुनियम आयातमा १० प्रतिशत कर लगाउनु भएको थियो ।
यद्यपि, एक वर्ष पछि अमेरिकाले क्यानडा र मेक्सिकोबाट यी शुल्कहरू हटायो, जबकि युरोपेली संघमा आयात कर २०२१ सम्म कायम रह्यो । ट्रम्पले भने अमेरिकालाई कर लगाउने कुनै पनि राष्ट्रविरुद्ध आफुहरु पनि कर लगाउन बाध्य हुने चेतावनी समेत जारी गर्नुभएको छ । ट्रम्पको यो घोषणाप्रति क्यानाडा र मेक्सिकोले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्