
काठमाडौं । भारतको उत्तर प्रदेशमा लागेको कुम्भ मेलाको आज विशेष दिन । माघ महिनाको अन्तिम दिन माघी पुर्णिमाअन्तर्गत स्नान गर्ने परम्परा अनुसार आज प्रयागराजमा करौडौं भक्तजनहरुले स्नान गरेका छन् ।
आज १२ वर्षमा लाग्ने महाकुम्भ मेलाका क्रममा नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वती लगायत त्रिवेणी संगममा स्नान गर्नेको घुइँचो लागेको छ । त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्त हुने धार्मिक मान्यताअन्तर्गत देश विदेशबाट करौडौंको संख्यामा भक्तजनहरु पुगेका छन् ।
कुम्भ मेला आगामी फेब्रुअरी २६ सम्म चल्नेछ । प्रत्येक १२ वर्षमा पर्ने कुम्भ मेलालाई महाकुम्भ मेला भन्ने गरिएको छ । यसैबीच कुम्भ मेलामा सहभागीहरुको सहजताका लागि लाखौंको संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्