१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने


4.459k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने हुनुभएको छ ।

निकट भविष्यमा साउदी अरेबियामा हुने एक कार्यक्रममा पुटिनसँग भेटवार्ता हुने संभावना रहेको ट्रम्पले बताउनुभएको छ ।

दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ । फोनवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी समकक्षीसँग यस विषयमा झण्डै एक घण्टा फोनमा कुराकानी गरेको बताइएको छ ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण क्षमताको युद्ध शुरु गरेको थियो । युक्रेनको क्राइमिया र डोनेट्स्क क्षेत्र अहिलेपनि रसी सेनाको नियन्त्रणमा रहेको छ ।