२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीको चुरे भावर क्षेत्रको वन जंगलको सदुपयोग र संरक्षण गरिँदै


676
Shares

सिन्धुली । साल जातको काठ उत्पादनको पकेट क्षेत्र मानिने सिन्धुलीको चुरे भावर क्षेत्रको वन जंगललाई स्थानीय उपभोक्ताको सहयोगमा सरकारी निकायले सदुपयोग र सुरक्षाको थालनी गरेको छ ।

चुरे वन क्षेत्रमा फैलने वन डढेलो रोकथाम, चोरी निकाशी र अवैध कटान नियन्त्रण, वन सम्पदाको वृद्धि विकासका लागि सरकारी निकाय र उपभोक्ताहरुको साझा पहल र प्रयासमा वन पैदावरको सदुपयोग हुदै आएको हो ।

सामुदायिक वनका उपभोक्ताहरुको साझा प्रयासमा वन झाडी सरसफाइ, अग्निरेखा निर्माण, चरिचरण नियन्त्रण, चोरी निकासी नियन्त्रण लगायतका कार्यक्रमहरु संचालन गर्न थालेपछि सामुदायिक वनहरु पनि संरक्षित भएका छन् ।

विगतको तुलनामा केही समय यता वनपैदावरहरुको सदुपयोग र संरक्षण हुन थालेपछि वन क्षेत्रमा सखुवा जातका रुख विरुवाहरु अत्यधिक रुपमा फस्टाउन थालेका छन् । सिन्धुलीमा साल, साज, सल्ला, खयर, चिलाउने, कटुस, प्रजातिहरुका रुख विरुवाहरु पाइन्छन् ।