१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि अरु भन्दा कम योग्य छैन : प्रवक्ता महत


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताउनुभएको छ ।

शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो ।

प्रवक्ता महतले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गर्नुभयो । उहाँले तर कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रिय समितिको बैठकले गर्ने बताउनुभयो ।

प्रवक्ता महतले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताउनुभयो । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने बताउनुभयो । उहाँले पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पार्नुभयो ।

सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमि सम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरुले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिष्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताउनुभयो ।