
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले शिर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताउनुभयो । उहाँले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभइ देश सञ्चलन गर्ने शिर्ष नेतृत्व रहेको टिप्पणी गर्नुभयो ।
सांसद शर्माले संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताउनुभयो । संविधान असंशोधनीय दस्ताबेज नभएको बताउनुभयो । गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भएपनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गर्नुभयो । उहाँले देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताउनुभयो ।
सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पार्नुभयो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्