२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पेट्रोलमा मूल्य वृद्धि, मट्टीतेल र डिजेलको मूल्य घट्यो


7.657k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने मट्टीतेल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार आयल निगमले पेट्रोलमा एक रुपैयाँ वृद्धि र डिजल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको जनाएको छ । मूल्यवृद्धिसँगै आजबाट पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।