
एजेन्सी । भारतको नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र १० जना महिला रहेका छन् ।
नयाँ दिल्लीको रेलवे स्टेशनमा कुम्भमेला जाने र फर्केनेहरुको हजारौं मानिसहरूको भिडकाबीच भागदौड मच्चिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गर्नुका साथै मृतकका परिवारलाई क्षतिपुर्ती दिने घोषणा गर्नुभएको छ ।
दुईवटा रेल आउन ढिलाइ हुँदा सर्वसाधारणको भीड भएका कारण उक्त घटना भएको भन्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले मानिसहरुको लापरवाहीका कारण उक्त दुर्घटना भएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्