२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बौद्व गुरु येलो रिन्पोछेको अन्त्येष्टि


208
Shares

काठमाडौं । बौद्व धर्मलाई रसियामा फैलाउन महत्पूर्ण योगदान गर्नुहुने बौद्व गुरु येलो रिन्पोछेको अन्तिम संस्कार गरिएको छ ।

८५ वर्षको उमेरमा उहाँको काठमाडौंमा निधन भएको हो । स्वयम्भूको एउटा गुम्बामा उहाँको पार्थिव शरिरलाई राखेर बौद्व गेलुग सम्प्रदायको परम्परा अनुसार अन्तिम काजकिरियाको विधि सम्पन्न गरेर काठमाडौंको फर्पिङमा शनिबार अन्त्येष्टि गरिएको हो ।

रिम्पोछेले रसियाको बुरियाटियालगायत विभिन्न स्थानमा बौद्व गुम्बाहरू स्थापना गरेर बौद्व धर्मको शिक्षा फैलाउनुभएको थियो । तीन वर्षको उमेरमा येलो रिन्पोछेको चौथो पुनर्जन्मको रूपमा मान्यता पाएका उहाँ सन् १९५९ मा तिब्बतबाट भारतमा गएर निर्वासित जीवन विताउनुभएको थियो ।

उच्चतम स्तरको बौद्व शिक्षा प्राप्त गरेपछि गुरु रिन्पोछेले नेपाल, मंगोलिया र रसियाको विभिन्न स्थानमा बौद्व शिक्षा फैलाउन योगदान गर्नु भएको थियो । रसियाको बुरियाटिया बौद्व दात्सान स्थापना र विकास गर्न काममा उहाँको ठूलो योगदान रहेको छ ।