२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दक्षिण-पूर्वी अमेरिकामा बाढीबाट ९ जनाको मृत्यु


273
Shares

एजेन्सी । मुसलधारे वर्षापछि आएको बाढीबाट दक्षिण-पूर्वी अमेरिकामा ९ जनाको मृत्यु भएको छ ।

दक्षिण पुर्वी अमेरिकाको केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, पश्चिम भर्जिनिया र उत्तरी क्यारोलिना बाढीबाट प्रभावित भएको छ ।

बाढीले अधिकांश भागहरू डुबाएपछि हजारौं प्रभावित भएका छन् । बाढीका कारण केन्टकी राज्यका सयौं घरहरु डुबानमा परेका छन् ।

केन्टकी राज्यका गभर्नर एन्डी बेशियरले आफ्नो राज्यमा आठ जनाको मृत्यु भएको बताउँदै मृतकको संख्या बढ्न सक्ने भन्दै सबैलाई सचेत रहन अपिल गर्नुभएको छ । बाढीमा फसेका हजारौंको उद्धार कार्य जारी छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार मुशलधारे वर्षा अझै केही दिन जारी रहने भएकाले सतर्क रहन आदेश जारी गरिएको छ । राज्य सरकारले बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ ।