
बारा । बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पुर्ण रुपमा सञ्चालनमा आएको छ ।
दुई चरणमा सम्पन्न्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल पनि आयात गरी नेपाल आयल निगमले वितरण शुरु गरेको हो ।
२०७६ भदौ २४ गते पहिलो चरणमा डिजल आयात गरिएको उक्त पाइपलाइनमार्फत प्रति घण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने छ ।
परियोजनाले अमलेखगञ्ज डिपोमा पूर्ण अटोमेसन लोडिङ गर्न २४ वटा लोडिङ वे मा ३६ वटा फिलिङ पोइन्ट बनाइएकोे छ ।
प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख प्रलंयकर आचार्यले दोस्रो चरणको काम सम्पन्न भएसँगै पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख शहरका डिपोमा औपचारिक रुपमा वितरण थालिएको बताउनुभयो ।
योसँगै टयांकरमार्फत हुने ८० प्रतिशत पेट्रोलियम पदार्थहरुको ढुबानी तथा प्राविधिक नोक्सानी अन्त्य हुने नेपाल आयल निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्