
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९ र ०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ पारित गर्न मन्त्री मन्त्री भण्डारीले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ ।
यसैगरि राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्