२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फागुन दोस्रो सातादेखि सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने


182
Shares

काठमाडौं । नेपाल र भारतका खेलाडीले चुनौति प्रश्तुत गर्ने सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुनको दोस्रो सातादेखि हुने भएको छ ।

ललितपुर टेबल टेनिस क्लवको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापन फागुन १२ देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

आयोजक क्लवले मंगलवार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)मा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

मंगलबार नै प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकाश बैंकसँग प्रायोजनसम्बन्धि सम्झौता गरेको थियो । नेपाली भान्साघरका अपरेसन म्यानेजर सुजन तण्डुकार र पूर्णशंकर श्रेष्ठसककंग ललितपुर टेबल टेनिस क्लबको उपाध्यक्ष निरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा सांग्रिला बैंकसँग पनि सम्झौता भएको थियो ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । यस प्रतियोगितामा भारतबाट ८५ पुरुष र ४८ महिला तथा नेपालका खेलाडी गरी कुल चार सय २ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरी कुल ९ स्पर्धामा प्रतिष्पर्धा हुनेछन् ।

नेपाली टेबल टेनिसको इतिहासमा अहिले सम्मकै ठूलो धनराशि (पाँच लाख २३ हजार रूपैयाँ) पुरस्कार भएको प्रतियोगिता हुन लागेको आयोजकको दाबी छ । मेन्स÷वुमेन्स टिम स्पर्धामा शिर्ष तीन स्थानका टोलीले (दुवै सेमी फाइनलिष्ट) क्रमशः ५० हजार, २५ हजार र समान १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

मेन्स÷वुमेन्स सिंगल्स स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ५० हजार, २५ हजार र समान १० हजार रूपैयाँ प्राप्त गर्नेछन् । यु–१६ सिंगल्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने ९दुई सेमिफाइनलिष्ट० खेलाडीले क्रमशः २० हजार, १० हजार र समान ५ हजार तथा भेट्रान्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दुई खेलाडीले क्रमशः १० हजार, ५ हजार र समान तीन हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि र पूर्णचन्डी ललितपुर रहेको छ । त्यस्तै इक्विपमेन्ट पार्टनर हीरा ट्रेड कनसर्न, क्लोथिङ पार्टनर भ्याली स्पोट्र्स हाउस, इन्टरनेट पार्टनरमा ब्रोदलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन रहेका छन् ।