९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मिडिया एड्भोकेसी ग्रुपद्वारा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक


143
Shares

काठमाडौं । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ ।

(म्याग)ले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर दुई महिनासम्म मिडियामा राजनीतिकर्मी महिलाले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको हो ।

दैनिक ७ वटा पत्रपत्रिकामा आएका विषय वस्तुलाई आफ्नो अध्ययनको सिमा तोकेर अनुगमन गरेको थियो । अनुगमन दुई महिना (सन् नोभेम्बर २०, २०२४ देखि जनवरी २०, २०२५ सम्म) को गरेको थियो ।

सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले पत्रकारले समस्या पहिचान गरि समाधानको उपाएमा पनि रिपोर्टिङ गर्नु पने बताउनुभयो । उहाँले रिपोर्टिङ गर्दा विषयमा संवेदनशिल हुनुपर्ने बताउनुभयो । सचिव अर्यालले सबै क्षेत्रका महिलाको विषयले मिडियामा प्राथमिकता पाउनुपर्ने बताउनुभयो । उहाँले सञ्चार मन्त्रालयबाट महिला पत्रकारका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा क्यानडा हाई कमिसनका फस्र्ट सेक्रेटरी इयान टाईटिसले महिला पत्रकारलाई सहयोग गर्ने बताउनुभएको छ । राजनीति र परराष्ट मामिलाका विषयमा रिपोर्टिङ गर्ने महिला पत्रकारहरुको सहभागिता देख्दा खुसी लागेको बताउनुभयो । उहाँले नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध भएको ६० वर्ष भएको बताउनुभयो । टाईटिसले ६ दर्शकदेखि नेपाल र क्यानडा लैंगिक समानता, दिगो विकास लगायतका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले क्यानडा सहयोगका लागि सधै तत्पर रहेको पनि बताउनुभयो । त्यस्तै उहाँले महिला नेतृत्व भएको मिडिया र महिला पत्रकारलाई सहयोग गर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष डा. महेन्द्र विष्टले समाचारको विषयवस्तुलाई गहनरुपमा बुझेर खोज मूलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले विषयवस्तुमा राम्रो ज्ञान पनि हुनुपर्ने बताउनुभयो । उहाँले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमसँगै फेलोसीप पनि एक पटक होइन् चरण चरणमा हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीति र परराष्ट्र बिट सजिलो नभएको बताउनुभयो । उहाँले महिला पत्रकारको संख्या राजनीति र परराष्ट्र बिटमा बढाउन र टिकाइरहनको लागि समाचार कक्षदेखि बाहिर फिल्डसम्म वातावरण बढाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले समाचारमा विषयवस्तुको मुल्यांकन हुनुपर्ने बताउनुभएको छ । राजनीतिकर्मी महिलाको कोर्डलाई पनि समाचारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले माथिल्लो पदमा पनि महिला पुग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सभापति संगिता खड्काले समाचारमा स्रोतको रुपमा पुरुषलाई बढी प्राथमिकता दिएको बताउनुभयो । सभापति खड्काले संम्भव भएसम्म महिला स्रोतको कोर्ड प्रयोग गर्ने बताउनुभयो ।

त्यस्तै, वरिष्ठ पत्रकर हरिबहादुर थापाले राजनीति र परराष्ट्रको विषयमा समाचार लेख्ने पत्रकारले ईतिहासदेखि अहिलेसम्म भइरहेका सबै कुराको राम्रो ज्ञान हुनुपर्ने बताउनुभयो । त्यस्तै आफूलाई परिमार्जन गर्दै जानुपर्ने बतानुभयो । राजनीतिले सबै कुराको गाइड गरेको हुनाले पहिराहीमा पुगेर बुझ्नुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले महिला पत्रकारलाई मिडियासँगै राजनीति र पररापष्ट बिट ल्याउन खोजेको बताउनुभयो ।

सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष अनिता बिन्दुले गर्नुभएको थियो । प्रतिवेदनका अनुसार महिला राजनीतिकर्मीले नेपालको मिडियामा ११.४३ प्रतिशत स्थान प्राप्त गर्ने गरेको पाइएको छ ।