१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै


325
Shares

काटमाठौं । आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिने भएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्वलगायतको सहभागिता रहने छ ।

सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुंडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि छ । नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाउने तथा तोप र बन्दुकको बढाईंको कार्यक्रम पनि राखिएको छ ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेलाई राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भइ रैती जनतामा रुपान्तरण भएको दिनका रुपमा पनि स्मरण गरिन्छ ।