२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजदेखि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता शुरु हुँदै


1.313k
Shares

काठमाडौं । आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगित शुरु हुने भएको छ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समय अनुसार आज दिउँसो ३ बजे शुरू हुनेछ ।

न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएकाले आजको खेलमा उनको स्थानमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ ।

१९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतको खेल भने युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुनेछ ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ । पाकिस्तानले २९ वर्षपछि ठृलो प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलोपटक हो । सन् २००८ को सेप्टेम्बरमा भएको आतंकबादी हमलापछि कुनै प्रतियोगिता आयोजाना नगरेको पाकिस्तानले कडा सुरक्षा व्यवस्थाकाबीच प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यद्दपी भारतले भने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पाकिस्तानको मैदानमा च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेपछि भारतको खेल युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने भएको हो ।