
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै विभिन्न ब्यक्तिहरुलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।
सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रमबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको हो ।
पुरष्कृत हुने ब्यक्तिहरुमा टेलिमेडिसिनतर्फ डा. छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ आभाष मास्के र हरिराम श्रेष्ठ, चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारी गरी १० जनालाई पुरस्कार दिने घोषणा गरिएको हो ।
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । पुरस्कारको राशी जनही ५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्