२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ : सञ्चारमन्त्री गुरुङ


338
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताउनुभएको छ ।

बुधबार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले संठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै यस्तो गर्न नहुने बताउनुभयो । संगठनमा रहेका खराब व्यक्तिहरुलाई समयमै निकाल्न नसके संगठन नै ध्वस्त हुने उहाँको भनाइ छ ।

अनुशासन बिना कुनैपनि लडाईं जित्न नसकिने उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले पार्टी निकट संगठनका सदस्यहरुलाई अनुशासनमा बसि पार्टी निर्णयअनुसार काम गर्न आग्रह गर्नुभयो ।