
काठमाडौं । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा तेमाल गाउँपालिका १ का रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
धादिङबाट विवाहको जन्ती पुर्याएर फर्किने क्रममा ना ४ ख ८८१७ नम्बरको खाली बस बिहान सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्