
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने उल्लेख गर्दै सानो देशको नागरिक भनेर हिनताबोध नगर्न आग्रह गर्नुभएको छ ।
बिहीबार पोखरा विश्वविद्यालयको २० औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल दुई ठूला देशको बीचमा परेर सानो देखिएको भएपनि प्राकृतिक र सांस्कृतिक रुपमा ठूलो रहेको बताउनुभयो । उहाँले इमानदारिताले मात्र सफलता प्राप्त हुने उल्लेख गर्दै इमानका साथ मेहेनत गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो. । सफलता बेइमानीले नभई इमानदारिताले मात्र प्राप्त गर्न सकिने उहाँको भनाइ छ । उहाँले इमानदारिताका साथ मेहेनत गरेर समाज र देशको लागि उपयोगि हुन समेत विद्यार्थीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विद्यार्थीलाई असल आचरण घरपरिवारबाटै सिकाउन समेत अभिभावकलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्