
काठमाडौं । बेरुजु हटाउन सांसदहरुको भुमिका महत्वपूर्ण हुने भन्दै सांसदहरुले बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित महालेखापरीक्षको वार्षिक प्रतिवेदन र संसदको भुमिका कार्यक्रममा सांसदहरुले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले प्रतिवेदनको आधारमा पारदर्षिता र जवाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य पार्न सांसदहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले प्रतिवेदनको छलफल लेखा समितिमा मात्रै नभइ संसदमा गर्नुपर्ने सुझाव दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद रामप्रकाश चौधरीले बेरुजु भन्ने बित्तिकै नराम्रो सोच्ने गरेपनि त्यस्तो नरहेको बताउनुभयो । उहाँले तीन किसिमबाट बेरुजु हुने भन्दै कागजात नमिलेर पनि बेरुजु हुनसक्ने जिकिर गर्नुभयो । संवैधानिक निकाय, मन्त्रालय, संघ, प्रदेशलगायत सबैको महालेखापरीक्षकको प्रतिवेदन राम्रै आएको उहाँको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले हालसम्म बेरुजु असुली गर्न कति बाँकी छन् र कहिलेसम्म असुली गर्नुपर्ने हो रु भन्दै प्रश्न गर्नुभयो ।
रजनता समाजवादी पार्टीकी सांसद सुशिला श्रेष्ठले कामको जिम्मा लिएर काम शुरु गर्ने तर निर्माणका काम अलपत्र पारेर ठेकेदारहरु भाग्ने गरेकाले समस्या देखिएको बताउनुभयो । उहाँले तलसम्म पुगेको भ्रष्टाचार सुधार्न मेहतनत गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभा सदस्यहरुले महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले गाउँ—गाउँसम्म अनियमिता र भ्रष्टाचार हुने गरेको प्रति सबै निकायको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्