१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अनधिकृत रुपमा बनेका संरचना भत्काएर न्हुँ पोखरीमा हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर


793
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ ।

सोमबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन शुरुवात गरेर यस्तो बताउनुभएको हो ।

मेयर महर्जनले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताउनुभयो । नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिकिाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूँले पोखरी क्षेत्रलाई पुरानै अवस्थामा फर्काइने बताउनुभयो । उहाँले आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्ने पोखरी क्षेत्रमा वृद्धवृद्धाहरुका लागि विश्राम स्थालको समेत व्यवस्था गरिने बताउनुभयो ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पोखरी क्षेत्रमा रहेको वडा भवन अन्यत्र सारेर पोखरीलाई पुरानै अवस्थामा निर्माण गर्न अभियानमा लागेको बताउनुभयो ।

पोखरी निर्माण सम्पन्न भएपछि वृद्धवृद्धा तथा युवायवतीका लागि विश्रामस्थालको व्यवस्था हुने महानगरपालिकाले जानकारी दिएको छ । पोखरीमा माछापालनलगायतको वृहत योजनासमेत अघि सारिएको महानगरपालिकाको भनाइ छ ।