२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप


689
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो आरोप लगाउनुभएको हो ।

सांसद कार्कीले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु¥याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाउनुभयो । उहाँले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिनुभयो ।

सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।