१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे : सांसद पौडेल


507
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो आरोप लगाउनुभएको हो ।

सांसद पौडेलले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताउनुभयो । उहाँले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गर्नुभयो ।

सांसद पौडेलले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गर्नुभयो ।