
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।
शनिबार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो । उहाँले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताउनुभयो ।
महासचिव भुषालले त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रिय कमिटीले गरेको बताउनुभयो । मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताउनुभयो ।
समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निस्कर्ष पार्टीको रहेको बताउनुभयो ।
पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्