१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’


2.236k
Shares

काठमाडौं । नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको सांसदहरुले बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले पानी जहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताए ।

उनीहरुले नेपालमा केही समयअघि पानी जहाज चलाउने भन्दा ठट्टा गर्ने गरेपनि अहिले नेपालमा पनि सानासाना पानी ज्हाज चलाउन मिल्नकुरा बुझ्दै गएको बताए ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाउने गरे पनि अहिले आएर बुझ्दै गएको बताउनुभयो । उहाँले नेपालमा सानासाना पानी जहाज चलाएर जल यातायातको उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले सरकारले पानी जहाजसम्बन्धी विधेयक ल्याएकोमा धन्यवाद दिँदै प्रभावकारी रुपमा जल यातायातको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गोपालप्रसाद भट्टराईले पानी जहाज तथा जल यातायात भन्दा राम्रो हुने प्रश्ताव गर्नुभयो । पानी जहाजसम्बन्धी विधेयक तत्काल अघि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको उल्लेख गर्नुभयो ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले पहिला पानी जहाज नेपालमा चलाउने भन्दा नकारात्मक बहस हुने गरेपनि अहिले सानासाना जहाजहरु चलाउन सकिने कुरा बुझ्दै गएको बताउनुभयो । उहाँले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याउनु सकारात्मक रहेको बताउनुभयो । वर्तमान सरकारले पानी जहाज निर्माण र पानी जहाज सेवा सञ्चालन गर्न कानूनको आवश्यक ठानेर ल्याएको बताउनुभयो ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले नेपालमा पानी जहाज, पानी जहाज नेपालमा रु भन्दा अनौठो लागे पनि सानासाना पानी जहाज चलाउन सकिने कुरा बुझ्दै गएको बताउनुभयो । उहाँले नेपालमा पानी जहाज अहिले आएर आवश्यक लागेको बताउनुभयो । हवाई यातायात भन्दा सस्तो हुने भएकाले पनि यो महत्वपूर्ण हुने बताउनुभयो । सरकारले गरेको यो पहलकदमी सह्रानीय रहेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय सभा सदस्य डा। वेदुराम भुषालले तत्काल पानी जहाज सञ्चालन गरिहाल्ने भन्दा पनि कानूनी आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि छुट्टै निकाय आवश्यक भए कानूनमा राख्न जरुरी हुने बताउनुभयो ।

सांसदहरुले कानून निर्माण गर्दा भाषालाई बचाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले आन्तरिक जलमार्गबाट पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरेका छन् ।

बैठकमा सांसदहरुले पानी जहाज भन्दा जल यातायात नाम राखेर जान सुझाव दिएका छन् । तर हरेक भूपरिवष्ठित राष्ट्रहरुले अन्तर्राष्ट्रिय जलमार्गमा गरेका अभिसन्धीअनुसार अरु नाम राख्न नमिल्ने व्यवस्था छ । सरकारले जल यातायात विभाग नाम राख्न खोजेको भएपनि अन्तर्राष्ट्रिय कानूनअनुसार पानी जहाज कार्यालय नै भन्नुपर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय स्तरमा कार्यालय दर्ता गर्नुपर्ने भएकाले पानी जहाज कार्यालय नै नाम राख्नुपर्ने प्रावधान रहेको सरकारले स्पष्ट पारेको छ ।