
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अछाममा रहेको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिने बताउनुभएको छ ।
सोमबारको प्रतिनिधि सभामा सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएपछि सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद कुँवरले अस्पतालको निःशुल्क सेवा निरन्तरताका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने बताउनुभयो । उहाँले अहिले पनि अस्पतालले स्थानीय सरकारको सहकार्यमा निःशुल्क सेवा प्रदान गरी रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले विपन्न र पछाडि परेका नागरिकहरूले अस्पतालबाट पाउने निःशुल्क सेवाबाट वञ्चित हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्