
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खालि भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताउनुभएको छ ।
सोमबार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुप्ताले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खालि रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनुभयो ।
मन्त्री गुप्ताले काठमाडौं महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खालि रहेको र अब केही दिनमै पठाउने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्