
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताउनुभएको छ ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उर्जाराज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो ।
उर्जाराज्यमन्त्री तामाङले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रश्ताव रहेको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने बताउनुभयो । देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उहाँको भनाइ छ ।
उर्जाराज्यमन्त्री तामाङले कर्मचारीलाई चित्त नबुझेका कुराहरुमा स्पष्टीकरण सोध्न मिल्ने बताउनुभयो । उहाँले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको भन्दै नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्