१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


शिक्षामन्त्री विद्या भट्टराई अस्पताल भर्ना


4.589k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्वस्थ हुनभएको छ । स्वास्थ्यमा समस्या भएपछि उहाँ चार दिनदेखि उपचारारार्थ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि मन्त्री भट्टराई शुक्रबार त्रिवि शिक्षण अस्पताल जाँदा चिकित्सकले भर्ना गरि उपचार शुरु गरेको हो । उहाँको नाक, कान, घाँटीको समस्यामा अहिले सुधार हुँदै गए पनि थप परीक्षणको काम पनि भइरहेको चिकित्सकले बताएका छन् ।

मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुग्नु भएको थियो ।