
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन आमसञ्चार परिषद् विधेयक ल्याइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले आमसञ्चार क्षेत्रलाई समयसापेक्ष बनाउनका लागि विधेयक ल्याइएको दाबी गर्नुभयो । उहाँले स्वतन्त्र रुपमा पत्रकारिताको विकास र संरक्षण गर्ने तथा स्वनियमलाई प्रवद्र्धन गर्न तथा नयाँ ऐनको व्यवस्था गर्नुपर्ने भएकोले विधेयक ल्याइएको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नु प्रश्ताविक विधेयकको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले विधेयकमा प्रेस प्रतिनिधिको व्यवस्था पनि आमसञ्चार परिषद् विधेयकले गरेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले विधेयकमा रहेका कमजोरीहरु दफावार छलफलका क्रममा सच्याउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्