१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती हुँदैन : प्रधानमन्त्री ओली


1.066k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्नेकुरा भने स्वीकार्य नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सांस्कृतिक कुराहरु ध्वस्त बनाउने कुराहरु गरेर घृणाको राजनीति गर्नेकुर स्वीकार्य हुन नसक्ने बताउनुभयो । कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरु नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले बलात्कार जस्ता अपराधहरु स्वीकार्य नहुने भन्दै यस्ता कुरा नियन्त्रण हुनुपर्छ भनेर लाग्दा बिरोध गर्नु आफैँमा स्तरहिन तर्क रहेको बताउनुभयो । असामाजिक कुराहरु रोक्नुपर्ने बताउनुभयो । मानिसहरुले अपराध कर्ममा सफल हुनुलाई सफलता ठान्ने गरेको बताउनुभयो ।