
काठमाडौं । आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकमा पछिल्ला समसामयिक विषयहरुमाथि छलफल हुनेछ । उच्चस्तरीय संयन्त्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ ।
यस्तै नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्