
काठमाडौं । फागुन शुक्ल प्रतिपदाका दिन हरेक वर्ष मनाइने ग्याल्पो ल्होसार शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शेर्पा समुदायले शुक्रबार आफ्नो परम्परा, रितिरिवाजअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ग्याल्पो ल्होसार मनाइरहेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्