
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताउनुभएको छ ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको काठमाडौं शैक्षिक मेलालाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले विद्यार्थीलाई कितावको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताउनुभयो । उहाँले महानगरले सुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको बताउनुभयो । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उहाँको भनाइ छ ।
उपप्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताउनुभयो । विद्यार्थीले आफूले सीप सिकेर अरु दश जनालाई सीप सिक्न पे्ररित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौं शैक्षिक मेला शनिवारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्