
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १२ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सदस्यहरू हेरफेर गर्नु हुने कार्यसूची रहेको छ ।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव सभासमक्ष प्रश्तुत गर्नुहुनेछ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।
त्यसैगरि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्