८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आजको मौसम


351
Shares

काठमाडौं । हाल देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।