२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


जापानमा जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर


1.599k
Shares

एजेन्सी । जापानमा तीन दशक यताकै भीषण डढेलो लागेको छ । जापानकोे ओफुनाटो शहर र इवाते प्रान्तको वरिपरिको जंगलमा लागेको डढेलोका कारण ५ हजार २ सय हेक्टरभन्दा बढी जमीन जलेर नष्ट भएको छ भने आगलागीमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको छ ।

जापानमा जनवरीदेखि मार्च सामान्यतया सुख्खा मौसम हुने र ओफुनाटो क्षेत्रमा २० वर्षभन्दा बढी समयमा कम वर्षा भएका कारण पनि डढेलो लागेको अनुमान गरिएको छ । ओफुनाटो शहर वरिवपरिका ४ हजार ६ सय व्यक्ति जोखिममा पर्दा उनीहरुलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।

यसैगरी जापानकै इवाते प्रान्तको वन क्षेत्रमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनहरूमा क्षति पुगेको अनुमान गरिएको छ । डढेलो नियन्त्रणका लागि दर्जनौ हेलिकप्टर र दुई हजार बढी अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन् ।