२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


मुलुकको विकासका लागि काँग्रेस-एमालेको गठनबन्धन : ज्ञवाली


273
Shares

सोलुखुम्बु । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासका लागि काँग्रेस-एमालेको गठनबन्धन सरकार बनेको बताउनुभएको छ ।

एमाले सोलुखुम्बुले सोमबार आयोजना गरेको जिल्लास्तरीय तीन दिने प्रशिक्षण कार्यक्रममा ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय रुपमा काम गरेको दाबी गर्नुभयो ।

वर्तमान सरकारलेनै सहकारीमा फसेका १४ हजारभन्दा बढी नागरिकको डुबेको रकम फिर्ता गरिसकेको ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्रीबाट हटे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल बंगलादेश जस्तो हुने भन्दै आरोप लगाए पनि अहिले मुलुकमा विकासले गति लिइरहेको ज्ञवालीले बताउनुभयो ।

यसैगरि उहाँले दाहालले आफू प्रधानमन्त्रीबाट हटेसँगै कोशी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने भन्दै भ्रमको खेती गरेकोसमेत बताउनुभयो । एमाले पार्टी कार्यालय सल्लेरीमा हुने जिल्ला स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवाली सोलुखुम्बु पुग्नु भएको हो ।