२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो


494
Shares

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।

थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको थियो । पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किएको थियो ।

पाइप फुट्दा सडक र सडकपेटीमा क्षति पुगेको छ । सडकमा हिलो र ढुंगा छरिएको छ भने आसपासका पसलभित्र पानी पसेर सामग्रीहरु भिजेको बताइएको छ ।