२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


नेपाल वन प्राविधिक परिषद् चाँडै गठन हुन्छ : मन्त्री ठकुरी


195
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।

मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले वन तथा वातावरण अहिलेको हिसावले अझै चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले नेपालको वन क्षेत्र ४६ प्रतिशत पुगिरहेको बताउनुभयो ।

मन्त्री ठकुरीले वनको विकासको संरक्षणर संवद्र्धन गर्न सरकारले आफ्ना योजनाहरु बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल वन प्राविधिक परिषद् बनाउने कुरामा सरकारले आवश्यक गृहकार्य गरिरहेको र चाँडै परिषद् गठन गरेर वन प्राविधिकका समस्या समाधान गरेको बताउनुभयो ।

मन्त्री ठकुरीले दिन प्रतिदिन जलवायु परिवर्तनका असर र प्रभावहरुले बढिरहेको बताउनुभयो ।