
काठमाडौं । नेपाल पानी जहाज कार्यालयका कायममुकायम रजिष्टार मणिराम भुषालले कानून अभावको कारण आन्तरिक जलमार्ग नियमन गर्न नसकिएको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभाअन्तर्गको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कार्यालयका कायममुकायम रजिष्टार भुषालले यस्तो बताउनुभएको हो ।
कार्यालयका कायममुकायम रजिष्टार भुषालले नेपालको जलयात्रा नियमन तथा जलयानसम्बन्धी उद्योगहरुको दर्ता गर्नको लागि कानून निर्माणमा ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले आन्तरिक जलयान दर्ताको काम शुरु नहुँदा पानी जहाज कार्यालयलाई थ्रेट रहेको बताउनुभयो ।
कार्यालयका कायममुकायम रजिष्टार भुषालले आन्तरिक जलयात्राको लागि सबैभन्दा ठूलो समस्या वनहरुको रहेको बताउनुभयो । उहाँले सामुदायिक वनहरु जलमार्ग आफ्नै सोच्ने भएको कारण अवरोध सिर्जना हुनसक्ने उल्लेख गर्दै यसको समाधान गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यालयका कायममुकायम रजिष्टार भुषालले पानीजहाज विधेयकमा पानीजहाज उद्योगहरुमा कम्तिमा पनि ६० प्रतिशत नेपाली कामदार राख्न पाउनुपर्ने व्यवस्था राख्न सुझाव दिनुभयो । उहाँले विश्वका विकसित देशहरुले रकेट उडाउने तयारी गरिरहँदा नेपालजस्ता विकासशील देशहरुले जलयानको माध्यमबाट समृद्धि ल्याउन सकिने बताउनुभयो । यद्धपी कानूनी विज्ञहरुको संगठनबिना विधेयकमा काम गर्न नसकिने उहाँको जिकिर छ ।
बैठकमा बोल्दै श्रम तथा व्यवसायजन्य विभागका निमित्त महानिर्देशक विपिन राज भण्डारीले विदेशी जहाज भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन नपाउने बताउनुभयो । सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले कुनैपनि देशको भधmण्डा त्यसकेो प्रतिक भएको कारण नेपालमा दर्ता नभएका पानीजहाजमा नेपालको झण्डा राखेर चलाउन नपाइने बताउनुभयो ।
बैठकमा मंगवार पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय लगायतका निकायहरुसँग छलफल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्