
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रातिको समयमा सटर फोरेर चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमाम धादिङको धुनिबेसी नगरपालिका ५ घर भई हाल ललितपुरको सानेपा २७ वर्षिय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका ९ घर भई सानेपा ३३ वर्षिय शेख जफ्रे आलम र सोही ठेगानाका २३ वर्षिय लाल मोहमद देवान रहेका छन् ।
उनीहरुले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ४ सीतापाइलास्थित भेषबहादुर कामीले संचालन गरेको खुकुरी कारखानाबाट १२० थान खुकुरी चोरी गरेको प्रहरी जनाएको छ । चोरीको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडानम्बर १५ रामघाट पुलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ४५ थान खुकुरी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्