२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


जनचेतनामूलक पाँच किलोमिटर दौड हुँदै


78
Shares

काठमाडौं । एकता र समावेशीताको भावनामा हिँड्न प्रोत्साहित गर्ने उद्देश्यले पाँच किलोमिटर फन रन र वाक हुने भएको छ ।

हाइयर ग्राउण्ड नेपालले आगामी शनिवार ललितपुरमा पाँच किलोमिटर फन रन गर्ने भएको हो ।

सन् २०१५ देखि सञ्चालन हुँदै आएको फन रनमा चार हजार महिला गरी कुल सात हजारभन्दा बढी सहभागी भइसकेको आयोजकले उल्लेख ग¥यो ।

मंगलबार आयोजक हाइयर ग्राउन्ड नेपालले पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी दियो । कुनै पनि सीमित उमेरसमूह या लिंगको रोकतोक नभई सबैका लागि खुला दौड आयोजना गरिएको आयोजकले जनाएको छ । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा उक्त कार्यक्रम हुने भएको छ ।

करिब दुई हजारभन्दा मानिसहरूले यो दौडमा सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यस दौडका लागि चर्चित ट्रेल रनर रशिला तामाङ र पारा पावरलिफ्टिङको राष्ट्रिय च्याम्पियन निर्मला भण्डारीलाई सद्भावना दूत नियुक्त गरिएको हाइयर ग्राउन्ड नेपालले पत्रकार सम्मेलनमा उल्लेख ग¥यो ।

उक्त कार्यक्रममा ह्विलचियर दौड पनि समावेश गरिएको छ । ह्विलचियर दौड भने तीन किलोमिटर तय गरिएको छ । सो कार्यक्रममा जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ र फेस पेन्टिङलगायत महिला उद्यमीहरूद्वारा सञ्चालित स्टलहरू पनि राखिने आयोजकले उल्लेख ग¥यो ।

फन रनले जोखिममा परेका महिलाहरूका लागि सीपमूलक तालिम र सीमान्तकृत वर्गका बालबालिकाका लागि छात्रवृत्तिजस्ता जीवन परिवर्तन गर्ने पहलहरू अगाडि बढाएको हाइयर ग्राउण्ड नेपालले जानकारी दियो । यस वर्ष पनि आयोजकले यस कार्यक्रममार्पmत छात्रवृत्ति तथा महिला सशक्तिकरणमा सहयोग गर्ने लक्ष्य जनाएको छ । यस फन रनकी सद्भावनादूत रसिला सन् २०२३ मा एसिया ट्रेल मास्टर जित्ने खेलाडी हुन् । साथै, उनले मलेसिया माउन्टेन ट्रेल फेस्टिभल र टिएमबिटी २०२४ जस्ता कठिन दौडहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेकी छिन् ।

अर्की सद्भावनादुत निर्मला भण्डारीले सन् २०१८ मा सम्पन्न पारा एसियन गेम्समा प्रतिस्पर्धा गरेकी थिइन् । उनी राष्ट्रिय ह्विलचियर बास्केटबल खेलाडी पनि हुन् । उनले २०१८ मा युएन प्रेरणादायी महिला र सन् २०१९ को एसडब्लुओ यात्राासमेत जितेकी थिइन् । यस दौडको मुख्य प्रायोजक हायर ग्राउन्ड नेपाल र अन्य प्रायोजकहरू गोदरेज, शेरा, डिएचएल, फेदरवेब्स, एमबिएस मेमोरियल फाउन्डेसन र बिएमडिएमआई नेपाललगायत छन् ।