
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशकलगायत उपस्थित हुने भएका छन् । ।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव पनि उपस्थित हुने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्