२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


अमेरिकी सहयोग बिना युक्रेन रुससँग युद्ध लड्न तयार


13.351k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य समर्थन रोक्ने घोषणा गरेपछि युक्रेनले रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस स्मिगालले रुससँगको युद्धका क्रममा आफनो क्षमताले भ्याएसम्म रुससँगको युद्ध सामना गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री स्मिगालले अमेरिकी सहायता वायु रक्षा र खुफिया आदान–प्रदानका रूपमा दशौँ हजार युक्रेनीको जीवन बचाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिको विवादपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैनिक सहायता रोक्ने घोषणा गरेकाले युक्रेनको तर्फबाट यस्तो प्रतिक्रिया आाएको हो ।

साथै प्रधानमन्त्री स्मिगालले सैन्य सहयोगका लागि अमेरिकासँग वार्ता जारी रहने दाबी गर्नुभएको छ । सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेयता अमेरिका युक्रेनको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक रहँदै आएको छ ।