२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


च्याम्पियन्स लिग फुटबलमा आज चार खेल


0
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनका खेलहरु शुरु भएका छन् ।

मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले हरायो । आफ्नै मैदानमा हात पारेको यो जितले रियाल मड्रिडलाई दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता मिलेको छ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा आर्सनलले नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ७–१ ले हराउँदा अर्को इंग्लीश टोली एस्टन भिल्लाले बेल्जियमको क्लब ब्रुजलाई उसैको मैदानमा ३–१ ले पाखा लगायो ।

गएराति जर्मनीको बोरुसिया डर्टमण्ड र फ्रान्सको लिल्ले १–१ गोलको बराबरी खेले । च्याम्पियन्स लिगमा आज राती पनि राउण्ड अफ सिक्सटिनको पहिलो लेगका ४ खेल हुनेछन् ।

आज बुधबार पि.एस.जी.ले लिभरपुलसँग खेल्दा बेन्फिका र बार्सिलोना, बायर्न म्युनिख र बायर लिभरकुजेन तथा फेयनुर्ड र इन्टर मिलान भिड्नेछन् ।